काठमाडौं : सिम्रिक एयरको उडानमा नेपाल नागरिक उड्डयन प्राधिकरणले रोक लगाएको छ । प्राधिकरणको टोलीले गरेको वित्तीय अडिटबाट कमजोर वित्तीय अवस्था देखिएको र प्राधिकरणलाई तिर्नुपर्ने ४६ लाख रुपैयाँ पटक(पटक ताकेता गर्दा पनि नतिरेपछि सेवामा रोक लगाइएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए ।
कमजोर वित्तीय अवस्थाका कारण कर्मचारीले पारिश्रमिक नै नपाउने अवस्था हुनु उडान सुरक्षाका दृष्टिकोणले गम्भीर मानिने र सोहीकारण प्राधिकरणले सिम्रिकका चार वटै हेलिकप्टर उडानमा रोक लगाएको उनले बताए ।
सिम्रिकसँग अहिले २ वटा बेल र २ वटा एएस ३५० हेलिकप्टर रहेका छन् । अब कम्पनीले प्राधिकरणलाई तिर्न बाँकी ४६ लाख रुपैयाँ बक्यौता चुक्ता गरी आफ्नो वित्तीय अवस्थाबारे आस्वस्त पार्न सके मात्र उडानबारे पुनःर्विचार हुन सक्ने प्राधिकणको भनाइ छ ।
Facebook Comments Box