काठमाडौं : केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले त्रिवि शिक्षण अस्पतालका डाक्टरलाई पक्राउ गरेको छ ।
सीआईबीले नक्कली डाक्टरमाथि चलाएको अपरेसन अन्तर्गत त्रिवि शिक्षण अस्पतालका डाक्टर अमित चौधरी पक्राउ परेका हुन् ।
शैक्षिक प्रमाणपत्र कीर्ते गरेको अभियोगमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । अपरेसन ‘फोस्कट्रोट’ नाम दिएर सीआईबीले चलाएको अपरेसनमा यसअघि प्रतिनिधिसभाका सांसद सुनिल शर्मा पक्राउ परिसकेका छन् ।
अपरेसन अहिले पनि जारी रहेको बताइएको छ । जसक्रममा थप दुई जना डाक्टरलाई पनि पक्राउ गरिएको स्रोतले बतायो । स्रोतका अनुसार पक्राउ पर्नेहरूमा बारा घर भएका त्रिवि शिक्षण अस्पतालका डाक्टर अमृत चौधरी, महोत्तरी घर भएका डाक्टर रञ्जितकुमार यादवसहितका व्यक्तिहरु रहेका छन् ।
Facebook Comments Box