धनगढीः प्राकृतिकविपद्धका कारण सुदूरपश्चिम प्रदेशमा एक हजार पाँच सय ३७ परिवार विस्थापित भएका छन्।
प्रदेशको आन्तरि मामिला तथा कानून मन्त्रालय मातहतको प्रदेश आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार प्राकृतिक विपद्बाट पन्ध्र सय ३७ परिवार विस्थापित भएको जनाईएको छ भने बिहिवार आज सम्म प्रदेशका तीन हजार चार सय एक परिवार प्रभावित भएका छन्।
टीकापुरका एक जना घाइते भएका छन्। गोदावरी नगरपालिकका एक जनाको मृत्यु भएको छ। सुदूरपश्चिमका चार सय ९७ घरमा क्षति भएको छ। प्रदेशका १६ वटा घरमा पूर्ण क्षति भएको छ। चार सय ८१ घरहरुमा आंशिक क्षति भएको प्रदेश सरकारले जनाएको छ। जम्मा चार सय ९७ घरमा क्षति भएको हो। सुदूरपश्चिममा बाढी, पहिरो र डुबनका कारण नागरिक प्रभावित भएका हुन्।
Facebook Comments Box