काठमाडौँ : नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा थप चार जना चिकित्सक पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले सांसद सुनिलकुमार शर्मासहित पाँचजना पक्राउ परेको जानकारी दिए ।
उनका अनुसार पक्राउ पर्नेमा डा. रामबाबु यादव र डा. एलिना साह रहेका छन् । उनीहरू विभिन्न अस्पताल तथा मेडिकल कलेजमा कार्यरत रहेका जनाइएको छ । अहिले पनि सीआईबीको अपरेशन जारी रहेको जनाइएको छ ।
यसअघि डा. रञ्जित यादव र टिचिङ अस्पतालका डाक्टर अमृत चौधरीलाई पक्राउ गरेको थियो भने आज नै दिउँसो सिआइबीको टोलीले काठमाडौँको गोल्फुटारबाट सांसद सुनिलकुमार शर्मालाई पक्राउ गरेको थियो । शर्मा पक्राउ परेको विषयमा सीआईबीले संसद् सचिवालयलाई दिउँसै जानकारी गराइसकेको छ ।
Facebook Comments Box