धनगढी: कैलालीको टीकापुरमा एकै व्यक्तिमाथि दोस्रोपटक खुकुरी प्रहार भएको छ। नेकपा एमालेको कैलाली जिल्ला कमिटी सदस्य एवं राष्ट्रिय युवा संघ नेपालका प्रदेश कमिटी सदस्य समेत रहेका प्रकाश खड्कामाथि एकै महिनामा २ पटक खुकुरी प्रहार भएको हो।
इलाका प्रहरी कार्यालय टीकापुरले खुकुरी प्रहार भएको पुष्टि गर्दै घटनाबारे बुझिरहेको बताएको छ। अहिले प्रहरीले आक्रमणकारीको खोजी गरिरहेको जनएको छ।
गत असार २६ गते पनि खड्का र युवा संघ कैलालीका सदस्य बम ओलीलाई खुकुरी प्रहार भएको थियो।
Facebook Comments Box