कञ्चनपुरः कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नम्बर–४ दोदा नदीमा रहेको झुलङ्गे पुल जोखिममा परेको छ। ४ सय ६० मिटर रहेको उक्त झुलङ्गे पुल अविरल वर्षा र नदी कटानका कारण जोखिममा परेको हो।
गत वर्ष पुल जोगाउन एमरेड परियोजनाद्वारा निर्माण गरिएको जैविक तटबन्ध एक चोटीको बाढीले नै भत्काएको छ।
नदीले कटान गर्दै आइरहेकोले यसको विकल्प स्थानीय सरकारले नसोचे यो पुल भत्किने स्थानीयहरुको गुनासो छ। स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारकाले यसको तुरुन्त अनुगमन गर्नुपर्ने र पुललाई सुरक्षित राख्न पहल गरिनुपर्ने माग छ।
Facebook Comments Box