धनगढी: मकवानपुरको भैँसेस्थित प्रहरी चौकीमा कार्यरत एक प्रहरी जवानको पहिरोमा परिएर ज्यान गएको छ।
जाजरकोटको शिवालय गाउँपालिका-८ घर भएका कृतिबहादुर नेपाली पहिरोमा पुरिएका हुन्। त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका-१ स्थित हेटौंडा–भैँसे सडक खण्डको बुलबुलेमा माथिबाट पहिरो खस्दा घाइते भएका नेपालीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार अर्का घाइते प्रहरी जवानको हेटौंडा अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको छ।
भैंसेबाट हेटौंडा बजारतर्फ मोटरसाइकलमा जादै गर्दा प्रहरी जवान नेपाली र सुनिल मेचे हिजो मध्यराति पहिरोमा परेका थिए।
Facebook Comments Box