धनगढी: बझाङको मष्टा गाउँपालिका भातेखोलाकी ८९ वर्षीया गिठीदेवी जोशीले हिजोमात्र नागरिकता पाएकी छन्। गिठीदेवीले शुक्रबार मात्रै नागरिकता पाएको बताइएको छ।
उनी नागरिकताको आवश्यकताबारे जानकार नहुँदा नागरिकताविहीन थिइन्। त्यसैका कारण उनी सरकारले दिने सेवा सुविधाबाट वञ्चित हुनुपरेको थियो। बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयको टोलीले हिजो घरमै गएर नागरिकता दिएका थिए। त्यसपछि भने प्रशासनको कामप्रति स्थानीय खुसी भएका छन्।
Facebook Comments Box