कैलाली: बझाङस्थित सेती नदीमा डुबेर कैलालीका एक युवक बेपत्ता भएका छन् । माछा मार्न गएका लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका ३० वर्षीय प्रकाश बम शुक्रबार साँझ सेती नदीमा डुबेर बेपत्ता भएका हुन् ।
उनी बझाङको दुर्गाथली गाउँपालिका–२ मौरीबगरमा ज्याला मजदुरीको काम गर्दै आएका र सोही ठाउँस्थित सेती नदीमा माछा मार्न जाँदा डुबेर बेपत्ता भएका प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय बझाङले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box