कैलाली: कैलालीको बुढीतोलामा अवरुद्ध भएको भीमदत्त राजमार्ग आंशिक रुपमा सुचारु भएको छ । जिल्लाको गोदावरी नगरपालिका–४ बुढीतोलामा सडक भासिएपछि नयाँ ट्रयाक खोलिएको छ ।
नयाँ ट्रयाक हिलाम्य भएकाले खाली गाडीहरु ट्रक, टिप्पर मात्रै आवतजावत गरिरहेका प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । वर्षा नभए साँझसम्म सडक सञ्चालनमा आउने बताइएको छ ।
गत सोमवार रातिको वर्षाले भीमदत्त राजमार्गमा पहिरो गएपछि ५ दिनदेखि यातायात अवरुद्ध छ भने सुदूर पहाडका सात जिल्लाको सडक सम्पर्क टुटेको छ ।
Facebook Comments Box