दार्चुला: दार्चुला प्रहरीले बलात्कार मुद्दाका १ प्रतिवादीलाई २ वर्षपछि पक्राउ गरेको छ। उच्च अदालत महेन्द्रनगरले २०७८ साल पुसमा २ वर्ष कैद तोकेका २५ वर्षीय युवकलाई सदरमुकाम खलंगाबाटै पक्राउ गरेको हो ।
दुँहु गाउँपालिका–२ का २५ वर्षीय करन समाललाई आइतवार दिउँसो गस्ती टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ। समाललाई कैद भुक्तानका लागि जिल्ला अदालतमा पेश गरिएको छ।
Facebook Comments Box