काठमाडौँ: नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले ललिता निवास जग्गा प्रकरणमा आफ्नो कुनै पनि संलग्नता नरहेको बताएका छन्।
युरोप भ्रमणबाट फर्केका नेता नेपालले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ललिता निवास जग्गा प्रकरणमा आफ्नो कुनै पनि संलग्नता नरहेको बताएका हुन्।
उनले निर्दोष नफसोस् दोषि नउम्कियोस् भन्ने आफ्नो धारणा रहेको बताए।उनले जग्गा प्रकरणमा भएको अनियमितताको अनुसन्धानमा आफ्नो सहयोगी भूमिका रहने पनि बताए।
Facebook Comments Box