कञ्चनपुर : कैद भुक्तान गरिरहेका कैलालीको गोदावरी नगरपालिका–५ गेटाका सुवास भट्टमाथि कुटपिट भएको भन्दै उनको परिवारले सोमबार कारागार कार्यालय कञ्चनपुर घेराउ गरेको छ।
कारागारभित्र भट्टमाथि निर्घात कुटपिट भएको उनका दाई किरण भट्टले आरोप लगाए। ‘जेलभित्र कैदीहरु मिलेर कहिले पाइपले पिट्छन्, कहिले पासो देखाएर मारिदिन्छौँ भनेर धम्काउँछन् भनेर फोन ग(यो,’ उनले भने, ‘त्यसपछि हामी भेट्न कारागार आयौँ, तर भाइलाई भेट्नै दिइएन।’
कारागारका चौकीदार र नाइकेले कैदीबाट रकम असुल्ने गरेको समेत उनको आरोप छ। भाइले फोन गरेर सुत्न र खाना नदिएको र पैसा माग्ने गरेको उनको आरोप छ। ‘३र४ दिनमा मार्दैछन्, २० हजार दिए म बाच्छु भनेर फोन गरेको थियो’, दाइ किरणले भने, ‘त्यसपछि असुरक्षित महसुस गरेर भाइलाई जेल स्थानान्तरण गर्न खोजेका हौँ।’
कारागारबाट फोनमा सुवासको यो कुरा सुनेपछि चिन्तित उनको परिवारका सदस्य सोमबार धनगढीबाट कारागार पुगेका थिए। कैदी सुवासलाई भेट्न नदिएको भन्दै उनका आफन्त कारागार परिसरमा आक्रोशित थिए। आक्रोशित उनीहरुसँगै अन्यको भीड बढ्न थालेपछि प्रहरीले बल प्रयोग गरेर भीड तितरवितर पारेको छ।
कैद भुक्तान गरिरहेका गेटाका सुवास ७ महिनादेखि लागुऔषध मुद्दामा कारागारमा छन्।