काठमाडौँ : सुदूरपश्चिम प्रदेशको धनगढीमा पहिलो पटक शारीरिक सुगठन प्रतियोगिता आयोजना हुने भएको छ ।
फारवेष्ट फिटनेस एन्ड स्पोटर्स क्लबको आयोजनामा आगामी असोज १२ र १३ गते प्रतियोगिता आयोजना गरिने भएको हो ।
प्रतियोगितामा प्रथम हुने खेलाडीलाई २५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने छ । दोस्रोलाई १५ हजार र तेस्रो हुने खेलाडीलाई १० हजार रुपैयाँसहित अन्य जिन्सी सामान पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा सहभागी हुने खेलाडीले एक हजार रुपैयाँ दर्ता शुल्क बुझाउनु पर्ने जानकारी क्लबका अध्यक्ष मोहन तामाङले दिए । सहभागिताका लागि भदौ १५ गतेदेखि असोज ५ गतेसम्म नाम दर्ता गराउन सकिने पनि उनले बताए । प्रतियोगिता प्रदेशस्तरीय हुने र प्रतियोगितामा कुनै पनि उमेर समूहका खेलाडी भाग लिने सक्ने आयोजकले जनाएको छ ।
Facebook Comments Box