बैतडी: बैतडीमा सुन चोरेको आरोपमा एक दम्पती पक्राउ परेका छन् । प्रहरीका अनुसार जिल्लाको डिलाशैनी गाउँपालिका–५ लेठ्ठेकोटका २३ वर्षीय गोपाल नाथ योगी र उनकी श्रीमती २० वर्षीया लक्ष्मी नाथ पक्राउ परेका हुन् ।
स्थानीय जयानन्द नाथको घरबाट ५ तोला सुन चोरी भएको भनेर गोपाल र लक्ष्मीको नाममा किटानी जाहेरी आएपछि उनीहरुलाई पक्राउ गरिएको बैतडी प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए ।
घरबाटै पक्राउ परेका दुबै जनाविरुद्ध चोरी सम्बन्धी मुद्दा दर्ता भई ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box