गुल्मी: गुल्मीको मुसिकोट नगरपालिका–४ कालाढुङ्गाका २१ वर्षीय शैलेष सिं ठकुरीको अरिङ्गालले चिलेर मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार हिजो बेलुका ६ बजे साथीसँगै स्थानीय देविस्थान सामुदायिक वनमा सल्लाको रुखमा रहेको अरिङ्गालको गोलो पोल्ने क्रममा रुख चढ्दै गर्दा ठकुरीलाई अरिङ्गालले चिलेको थियो ।
अरिङ्गालले चिलेपछि घर गएर सुतेका उनले अरिङ्गालले चिलेको नबताएको र बिहान मात्रै पेट पोल्यो भनेपछि उपचारका लागि जिल्ला अस्पताल तम्घास लैजाने क्रममा बाटोमै मृत्यु भएको उनका दाजु कैलाश सिं ठकुरीले बताए ।
Facebook Comments Box