काठमाडौं: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोलको मूल्य ५ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १४ रुपैयाँले बढाएको हो ।
निगम सञ्चालक समिति बैठकले मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी डिजेल र मट्टितेलको मूल्य बढाएको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १६४.५ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।
डिजेलको भाउ एकै पटक १४ रुपैयाँ बढ्यो
नेपाल आयल निगमले डिजेल तथा मट्टीतेलको भाउ एकै पटक १४ रुपैयाँ बढाएको छ ।
भारतबाट मूल्य बढेर आएसँगै मंगलबार बसेको निगम सञ्चालक समितिको बैठकले आज मध्यरातिदेखि लागू हुनेगरी एकै पटकमा १४ रुपैयाँ वृद्धि गर्ने निर्णय गरेको हो ।
यससँगै डिजेल तथा मट्टीतेलको भाउ प्रतिलिटर काठमाडौँमा १६७ रुपैयाँ पुगेको छ । भारतले मूल्य सूची पठाउँदा प्रतिलिटर ११ रुपैयाँ २५ पैसा बढेर आएको थियो ।