बैतडी: गौरा पर्वको तिथीका विषयमा विवाद कायम रहेकै बेला सुदूरपश्चिममा भदौ ७ र ८ गते गौरा पर्वको बिदा दिइएको छ। नेपाल सरकारले भदौ ७ गते र सुदूरपश्चिम प्रदेश सरकारले भदौ ७ र ८ गते गौरा पर्वको अवसरमा सार्वजनिक बिदा दिएको हो।
गौरा पर्वका विषयमा ज्योतिषहरुबीच मतभेद भने कायमै रहेको छ। कतिपय ज्योतिषहरुले यो वर्षको गौरा पर्व भदौ २१ गते पर्ने बताइरहेका छन्। गौरा पर्व भाद्र शुक्ल वा कृष्ण पक्षमा पर्ने भएकाले भदौ २१ गते गौरा पर्व हुने उनीहरुको जिकिर छ।
नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय अन्तर्गत नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिद्वारा स्वीकृति प्राप्त सम्पूर्ण नेपालभरका पचाञ्ङ्गहरुमा २०८० साल भदौ ७ गते गौरा पर्वको तिथी उल्लेख गरिएको छ। सोही अनुसार नेपाल सरकार र प्रदेश सरकारले बिदा दिएको हो।
Facebook Comments Box