धनगढीः मोटरसाइल दुर्घटना हुँदा घाइते भएका कैलालीको घोडाघोडी नगरपालिका-४ सिमथरीका मदे तिरुवाको मृत्यु भएको छ ।
उनको आज बिहान धनगढीको स्वस्तिक अस्पतालमा मृत्यु भएको प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय मातहतको प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्रले बताएको छ ।
मंगलवार राति उनी सवार से४प ४७५० नम्बरको मोटरसाइकल घोडाघोडी-१ सुखडस्थित डोडा नदीको पुलमा गाइसँग ठोकिएको थियो ।
सिमथरीका ४५ वर्षीय किसन तिरुवाले २५ वर्षीय भाइ गणेश तिरुवालाई घरायसी विवादका क्रममा दाउले हानेपछि उनको उपचारका लागि अस्पताल आउँदै गर्दा दुर्घटना भएको थियो ।
गणेशको उपचार भइरहेको छ भने इलाका प्रहरी कार्यालय सुखडले किसन तिरुवालाई पक्राउ गरेको छ ।
Facebook Comments Box