काठमाडौं : पूर्वस्वीकृतिबिनै अन्नपूर्ण टावर निर्माण गरेको पाइएकोले नेपाल नागरिक उड्डयन प्राधिकरणले भत्काउने तयारी गरेको छ।
प्राधिकरणले केही दिनअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा निर्माण भएका अग्ला संरचनाबारे अध्ययन गरेको थियो।
प्राधिकरणका निर्देशक बाबुराम पौडेलले विमानस्थल आसपास कुनै पनि भौतिक संरचना निर्माण गर्नुअघि प्राधिकरणबाट पूर्वस्वीकृति नलिएको पाइकाले प्राधिकरण ऐन २०५३ को दफा ७ को (घ) बमोजिम कारबाही किन नगर्ने भनेर तीन दिनभित्र प्राधिकरणमा जवाफ पेस गर्नसमेत निर्देशन दिएको बताए।
प्राधिकरणको दफा ७ मा खण्ड (ग) बमोजिम तोकिएको सर्त बन्देजमा उल्लेखित उचाइभन्दा बढीका भवन, टावर, लठ्ठा, रुख वा अन्य कुनै कुरा निर्माण गर्न वा खडा गर्न, उचाइ बढाउन, उखेल्न वा काट्न प्रतिबन्ध लगाउने उल्लेख छ।
Facebook Comments Box