काठमाडौं : क्याप्टेन रामेश्वर थापालाई नेपाल नागरिक उड्डयन प्राधिकरणले २४ घन्टे स्पष्टीकरण सोधेको छ।
अन्नपूर्ण मिडिया नेटवर्कका सञ्चालकसमेत रहेका थापाले प्राधिकरणका नियमनसम्बन्धी प्रावधानहरूको नकारात्मक अतिरञ्जना सिर्जना गरी पूर्वाग्रहपूर्ण तरिकाले विज्ञप्ति, समाचार, विश्लेषण, टिप्पणीका नाममा पटक–पटक प्रकाशनरप्रसारण गरेको प्राधिकरणको आरोप छ।
थापाले सरकारको प्रचलित कानुन तथा नेपाल नागरिक प्राधिकरण ऐन हुबहु परिपालना गर्ने प्रतिबद्धता जनाइ सिम्रिक एयर प्रालिको अध्यक्षको हैसियतमा रहेको प्राधिकरणले स्मरण गराएको छ।
थापाले अन्नपूर्ण मिडिया नेटवर्कमार्फत प्राधिकरणले नागरिक उड्डयन नियमावली, २०५८ को नियम ५६ (क) को महानिर्देशकले उडान सुरक्षाका दृष्टिले भौगलिक विकटताका आधारमा विमानस्थलमा वायुयान सञ्चालनका लागि विशेष शर्तहरू तोक्नसक्ने प्रावधानबमोजिम नेपाली आकाशमा बढोत्तरी हुदै गएको हवाई घटना/दुर्घटना कम गर्ने उद्देश्यले उडान सुरक्षा अभिवृद्धि गर्न गरेको निर्णयहरूको शृङ्खलाबद्ध रूपले ठाडो बर्खिलाप तथा अपव्याख्या गरेको प्राधिकरणको तर्क छ।
यस्ता क्रियाकलापले नेपालको उडान सुरक्षा नियमन प्रभावकारी कार्यान्वयनमा गम्भीर प्रभाव परेको प्राधिकरणले जनाएको छ।