चमोली: भारतको उत्तराखण्डको चामोली जिल्लामा घर भत्किँदा २ नेपाली युवकको मृत्यु भएको छ। घटनामा अन्य ५ जना घाइते भएका छन्।
मृतकमध्ये १ जनाको घटनास्थलमैं मृत्यु भएको र अर्काको बुधबार बिहान उपचारको क्रममा मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएको छ। मृतकको नाम १९ वर्षीय अनमोल र २१ वर्षीय प्रिन्स भनेर मात्र खुलाइएको छ।
मंगलबार राति करिब ८ बजे २ तले घर भत्किँदा सो घरमा ७ जना बसिरहेका थिए। मृतकहरु क्रसर उद्योगमा काम गर्ने मजदूर रहेको बताइएको छ।
Facebook Comments Box