कैलाली: कैलालीको एक वडा कार्यालयले सूचना नै जारी गरेर अर्काको खेतबारीमा बिना अनुमति घाँस नकाट्न आग्रह गरेको छ। जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर २ को कार्यालयले यस्तो सूचना जारी गरेको हो।
अरुको खेतबारीमा घाँस काट्दा विवाद निम्तिन सक्ने भएकाले आफ्नै बारीमा घाँस काट्ने कार्य गर्न तथा अरुको बारीमा घाँस काट्ना अनुमति लिन वडाले आग्रह गरेको छ।
साथै अरुको बारीमा घाँस काटेको पाइएमा तथा त्यसले विवास निम्तिएमा नियमानुसार सजायको भागेदार हुनेसमेत जानकारी दिएको छ।
Facebook Comments Box