काठमाडौँ: भारतका चर्चित धार्मिक गुरु बागेश्वर बाबा नेपाल आएका छन् ।
नवलपरासीस्थित चौधरी समूहले निमार्ण गरेको शाश्वत धाममा भदौ २ देखि ४ गतेसम्म हनुमान कथा बाचनका लागि हिन्दु धार्मिक गुरु बागेश्वर बाबा आज नेपाल आएका हुन् ।
आज उनले ४ बजे पशुपतिनाथको दर्शन गर्ने तथा काठमाडौँका धार्मिक संघ संस्थासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । त्यस्तै, आज नै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
Facebook Comments Box