कञ्चनपुरः कञ्चनपुरको वनबासा पुल नजिकको जंगलमा दुई जना बेहोस अवस्थामा फेला परेका छन्। शनिवार वनबासा पुल र बजारको बिचमा पर्ने जंगलको रोड साइडमा दुई जना पुरुष बेहोस अवस्थामा फेला परेका हुन्।
उनीहरुलाई लुटेराहरुले लुटेर बेहोस हुने औषधि खुवाएको हुनसक्ने बताइएको छ। बेहोसमध्ये एकको अछाम घर भएका राम बुढा र अर्को परिचय खुलेको छैन्।
उनीहरु भारतीय प्रहरीको जिम्मामा रहेका छन्।
Facebook Comments Box