धनगढीः नेकपा एमालेले प्रदेश अधिवेशनको मिति टुंग्याएको छ। सचिवालय बैठकले अधिवेशनको मिति टुंगो लगाएको हो। सुदूरपश्चिम प्रदेशमा असोज २१ र २२ गते अधिवेशन हुने छ।
एमाले सचिव योगेश भट्टराईकाअनुसार भदौ १६ र १७ लुम्बिनी, असोज ५ र ६ मधेश, असोज ८ र ९ बागमती, असोज १० र ११ कर्णाली, असोज १२ र १३ कोशी, असोज १५ र १६ गण्डकी, असोज १९ र २० उपत्यका विशेष र असोज २१ र २२ सुदुरपश्चिम प्रदेशको अविधेशन गर्न लागेको हो।
एमालेले पार्टी सदस्यता नवीकरणको काम साउन १५ गतेसम्म अद्यावधिक गरी प्रमाणीकरण गरेको थियो।
Facebook Comments Box