काठमाडौँ : मुग्लिन पुलमा झुन्डिएका एक व्यक्तिको सशस्त्र प्रहरीले रोप रेस्क्यु विधिबाट जीवितै उद्धार गरेको छ ।
शनिबार बिहान धादिङको निलकण्ठ नगरपालिका-६ का ४५ वर्षका कृष्ण परियार पुलमा झुण्डिएका थिए ।
सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारले खबर पाएपछि ११ जनाको टोली मिलेर उद्धार गरेको हो । परियारको हाल मुग्लिनस्थित हाइवे अस्पतालमा उपचार भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।
Facebook Comments Box