धनगढी: धनगढीबाट ब्राउनसुगरसहित एक युवक र युवतीलाई पक्राउ गरिएकोको छ। शनिबार साँझ धनगढी उपमहानगरपालिका–४ नाष्ट कलेज नजिकबाट ०.०४ मिलिग्राम ब्राउनसुगरसहित सोही ठाउँकी २१ वर्षीया रुविता चौधरी र २१ वर्षकै करन चौधरीलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।
सुदूरपश्चिम प्रदेश प्रहरीको अनुसन्धान समूह (आरआइटी) र अस्थायी प्रहरी पोष्ट बसपार्कको संयुक्त टोलीले शङ्काको आधारमा चेकजाँच गर्दा उनीहरुबाट ब्राउनसुगर फेला परेको बताइएको छ। प्रहरीका अनुसार दुबैजनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ।
यस्तै आरआइटीले नै कञ्चनपुरको पुनर्वास (डोकेबजार) बाट १ सय मिलिग्राम ब्राउनसुगरसहित सोही ठाउँका अन्दाजी १८ वर्षीय अभिषेक चौधरीलाई पनि पक्राउ गरेको छ।
Facebook Comments Box