कञ्चनपुरः भारतीय सिमा सुरक्षा बल (एसएसबी)ले नेपाली भूमिमा पोष्ट खडा गरेको छ। कञ्चनपुरको बेलौरी नगरपालिका–१० भुडामा एसएसबीले अस्थायी पोष्ट निर्माण गरेको हो।
भुडाबाट भारतीय सिमा बजार कम्बोजनगर जाने बाटोस्थित नेपाली भूमिमा एसएसबीले ब्यारेल राखेको स्थानीय बाशुदेव जोशीले बताए। उनका अनुसार कोराना महामारीका बेला एसएसबी क्याम्प कम्बोजनगरले अस्थायी रुपमा त्यहाँ क्याम्प राखेको थियो। जोशीका अनुसार स्थानीयको बिरोधका बाबजुद एसएसबीले क्याम्प राखी नेपाली भूमि कब्जा गरेको छ।
नेपाली भू–भागमा एसएसबीले क्याम्प राखेकोबारे नेपालको प्रशासन भने अनजान छ। एसएसबीले नेपाली जमिनमा क्याम्प राखेकोबारे आफूलाई जानकारी नभएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले बताए।
Facebook Comments Box