कञ्चनपुर: महाकाली नदीमा जलसतहले सतर्कता तह पार गरेको छ। बाढी पूर्वानुमान् महाशाखाका अनुसार डडेल्धुरास्थित पारीगाउँ स्टेशनमा जलसतह ५.८९ मिटर पुगेको छ।
महाकालीको सतर्कता तह ५.८० मिटर हो। खतराको तह ७ मिटर तोकिएको छ।
अहिले पानीको बहाव स्थिर छ। दिउँसो र राति सुदूरपश्चिममा भारी वर्षाको सम्भावना रहेकाले जलसतह बढ्ने पूर्वानुमान् रहेकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरिएको छ।
Facebook Comments Box