काठमाडौं: झापाको इलाका प्रहरी कार्यालय झिझिलेका इन्चार्ज इन्स्पेक्टर युवराज कट्वालमाथि बन्चरो प्रहार भएको छ।
बिहीबार साँझ शिवसताक्षी नगरपालिका-९ झरना पुलनजिकै उनीमाथि आक्रमण भएको हो। ब्राउन सुगर सेवन गरिरहेको सूचनाको आधारमा कट्वालको कमाण्डमा सादा पोशाकमा प्रहरी टोली खटिएको थियो।
झापा प्रहरी प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालका अनुसार ३ जना सवार मे ४ प २७५१ नम्बरको मोटरसाइकल लापरबाही हिसाबले चलाएको देखेर रोकेर सोधपुछ गर्ने क्रममा इन्स्पेक्टर कट्वालमाथि आक्रमण भएको हो।
बन्चरो प्रहारबाट उनको टाउको र हातको औंलामा चोट लागेको रिजालले बताए। मोटरसाइकल चालक ३२ वर्षीय विकास भन्ने अरुण तामाङ, बीचमा सवार ३३ वर्षीय लक्ष्मण टुडू र बन्चरो हान्ने अशोकलाई प्रहरीले पक्राउ गरी इप्रका झिलझिलेमा राखेको छ।
Facebook Comments Box