कञ्चनपुर: प्रहरीले कञ्चनपुरमा तस्करीमा संलग्न ट्रक नियन्त्रणमा लिएको छ। कृष्णपुर नगरपालिका–२ बाणीबाट प्रहरीले भारतबाट भन्सार छलेर ल्याइएका सामानसहित १ ट्रक र ट्रकका चालकलाई नियन्त्रणमा लिएको हो।
शुक्रबार भन्सार छलेर ल्याइएका अन्दाजी १ लाख ८४ हजार रुपैयाँ मूल्य बराबरका चिनी, सलाई, छोहरालगायतका सामानसहित ट्रक र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र अस्थाई प्रहरी पोष्ट बाणीको संयुक्त गस्ती टोलीले उक्त सामान बरामद गरेको जनाइएको छ।
Facebook Comments Box