धनगढीः भन्सार छलिका सामानसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। कृष्णपुर नगरपालिका–२ बाणिबाट अबैध रुपमा भन्सार छलि गरि ल्याएका एक लाख चौरासी हजार नौ सय रुपैयाँ बराबरका सामानसहित प्रहरीले एक जनालाई पक्राउ गरेको हो।
शुक्रबार साँझ सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र अस्थाई प्रहरी पोष्ट बाणीबाट खटिई गएको संयुक्त प्रहरी गस्ती टिलीले चिनी, सलाई, छोहरालगायतका सामान र ट्रकसहित चालकलाई नियन्त्रणमा लिएको थियो।
यसैगरी, बेलौरी नगरपालिका–६ बैसाखा र भीमदत्त नगरपालिका–४ भासीबाट ६५ हजार बराबरको माछा, खेलौना, युरिया, चिनी, दाल, सुर्ती, चप्पललगायतका सामान बरामद गरिएको छ। बरामद गरिएका सामान बरामद गरिएको प्रहरीले जनाएको छ।
Facebook Comments Box