कैलाली : नेकपा (मसाल) का महामन्त्री मोहन विक्रम सिंहले भारत नेपाललाई हिन्दू राष्ट्र बनाउने गतिविधिमा लागेको बताएका छन् ।
प्रदेशस्तरीय पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रममा धनगढी आइपुगेका उनले नेपालभित्र मात्र नभई विदेशीहरू र विशेष गरी भारतको नीतिका कारण गणतन्त्र गम्भीर संकटमा परेको बताएका हुन् ।
उनले गणतन्त्र र संघीयता गुम्न सक्ने सम्भावना रहेको समेत दाबी गरे । ‘भारतका सत्ताधारी पार्टीहरू खुला रूपमा नेपाललाई हिन्दू राष्ट्र बनाउने गतिविधिमा संलग्न देखिएका छन् ’ उनले भने ‘राजावादी, प्रतिगामी र विदेशी धेरै शक्तिहरूले गणतन्त्र र संघीयतामाथि हमला गरिरहेका छन् ।’
मुलुकका राजावादी शक्तिहरू विगतभन्दा निकै बलिया भएको बताउँदै भारतमा आगामी निर्वाचनमा पुनः कट्टरपन्थी हिन्दुवादीले जिते नेपाललाई ठूलो क्षति पुग्न सक्ने उनको बुझाइ थियो ।
Facebook Comments Box