धनगढी: धनगढीमा गौहत्याको विरोधमा प्रदर्शन गरिएको छ।
गौ माताको रक्षा गरौ भन्ने मुल नाराका साथ विश्व हिन्दु महासंघ धनगढी उपमहानगरपालिकाले विरोध गरेको बताएको छ।
विरोध कार्यक्रममा बोल्दै नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य योगेश जोशीले गौहत्या गर्नु पाप रहेको र त्यस्ता व्यक्तिहरुलाई उन्मुक्ति दिनु नहुने बताएका छन्।
नेपालमा गाई गोरू हत्याको हत्या गर्नेलाई कार्वाही नगरे आन्दोलनले उग्ररुप लिने विश्व हिन्दु महासंघ धनगढी उपमहानगरपालिकाले जनाएको छ।
शनिबार विभिन्न हिन्दुवादी धार्मिक संगठन र अभियन्ताहरूले सुनसरीको धरानमा प्रदर्शन गरेका थिए । मन्दिरको अगाडि चर्च बनाएको र सार्वजनिक रूपमा गोरु काटेर खाएको विरोधमा हिन्दु अभियान्ताले देशका विभिन्न ठाउँमा गरेका छन् ।
Facebook Comments Box