महेन्द्रनगर : भीमदत्त नगरपालिकाका सबै विद्यालय अनिश्चित कालका लागि बन्द गरिएका छन्।
गत आइतवार भीमदत्त नगरपालिका–१० जिमुवास्थित सिद्धनाथ माध्यमिक विद्यालयमा कार्यरत लेखापाल विरेन्द्रप्रसाद जोशी कुटपिट घटनालाई लिएर शिक्षक सम्वद्ध संगठनहरुले विद्यालय बन्द गरेका हुन्।
विद्यालय परिसरभित्रै पसेर आक्रमण गर्नेहरुमाथि प्रहरीले कारबाही गर्न आनाकानी गरिरहेकोले विद्यालय बन्द गरिएको ती संगठनहरुको भनाई छ।
शिक्षकहरुले विद्यालयभित्रै हतकडी लगाएर नियन्त्रणमा लिइएका शिक्षकलाई सुरक्षा दिन नसक्ने प्रहरीमाथि पनि कारबाहीको माग शिक्षक संगठनहरुले गरेका छन्।
विद्यालयमै अध्ययनरत छात्रामाथि दूव्र्यवहार गरेको आरोप लगाउदै शिक्षकसमेत रहेका लेखापाल जोशीमाथि कुटपिट गरिएको थियो। गम्भीर घाइते जोशीको उपचार चलिरहेको छ। घटनामा संलग्न भएको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको र अरु केही फरार रहेको जनाएको छ।