काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्न नभ्याइनेमा परेको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासम परेको उक्त मुद्दा आज हेर्न नभ्याइनेमा परेको हो ।
पेशीको सूचीमा पाँचौ नम्बरमा रहेको मुद्दालाई समय अभाव देखाउँदै न्यायाधीसले हेर्न नभ्याउनेमा राखेका हुन् । यसअघि पनि विभिन्न बहाना गरेर मुद्दाको फैसला पछि धकेलिँदै आएको छ ।
यसैबीच लामिछाने भोलि पाकिस्तान जाने भएका छन् । आज अदालतमा सुनवाइ स्थगित भएसँगै उनी एसिया कप क्रिकेट प्रतियोगिताका लागि भोली पाकिस्तान जाने भएका हुन् ।
अदालतले अर्को पेशी २१ भदौमा तोकेको छ । एसिया कप १३ भदौबाट सुरु हुँदैछ । नेपालको पहिलो खेल १३ गते पाकिस्तानसँग र दोस्रो खेल भारतविरुद्ध १८ गते रहेको छ । अर्को पेशीमा उपस्थित हुनुपूर्व सन्दीपले यी दुई म्याच खेल्न भ्याउनेछन् ।
यदि नेपालले अर्को चरणमा पुग्ने सम्भावना भयो भने सन्दीप फेरि नेपाल आएर पाकिस्तान फर्किनुपर्ने छ ।
मुद्दाको दवावका कारण एसिया कप नखेल्ने मनस्थिति बनाए पनि समर्थकको चाहना र आग्रहमा जान लागेको स्रोतले बतायो ।