धनगढी: कैलालीको कैलारी गाउँपालिका, हसुलियामा वल्र्डलिंकको शाखा विस्तार गरिएको छ । गुणस्तरीय इन्टरनेट सेवा प्रवाह गर्ने उद्देश्यसहित आइतबार पत्रकार सम्मेलन तथा उद्घाटन समारोहको आयोजना गर्दै शाखा विस्तार गरिएको जानकारी दिइएको हो ।
घर दैलोमै फाइवर सेवा पुर्याउने लक्ष्यसहित सर्वशुलभ दरमा गाउँपालिकाभरी इन्टरनेट सेवा पुर्याउन शाखाको समुदघाटन गरिएको शाखा म्यानेजर राजेन्द्र विष्टले जानकारी दिए ।
गाउँपालिका उपाध्यक्ष भगवती चौधरीले सार्वजनिक महत्वको क्षेत्रमा नि:शुल्क इन्टरनेट सेवा जडान गरिदिन आग्रह गरेकी थिइन् । सोही अनुरुप वल्र्डलिंकले पालिकाको स्वास्थ्य संस्था, चौक र बढी भिडभाड हुने स्थानमा नि:शुल्क इन्टरनेट जडान गर्ने घोषणा गरेको छ ।
Facebook Comments Box