धनगढी: २२ वैशाखमा रोटरी क्लब अफ धनगढीले सेती प्रादेशिक अस्पताललाई सुदूरपश्चिम प्रदेश ०१–००१ झ ०५१९ नम्बरको एम्बुलेन्स हस्तान्तरण गरेको थियो ।
जापानमा बनेको टोयटा कम्पनीको उक्त एम्बुलेन्समा आईसीयु र भेन्टिलेटरसहितको ‘क’ वर्गको सुविधा छ । रोटरी क्लब धनगढीले भन्सार छुट गरेर एक करोड ३५ लाख रुपैयाँमा खरिद गरी सो एम्बुलेन्स अस्पताललाई दिएको थियो । तर उक्त एम्बुलेन्स अझै सञ्चालनमा आएको छैन ।
उक्त ‘क’ वर्गको एम्बुलेन्स सञ्चाललनको लागि दर रेट निर्धारण नभएकाले र आवश्यक पर्ने चिकित्सक, पारामेडिक्स र नर्सिङ जनशक्तिको व्यवस्था नभएको हुँदा सञ्चालन गर्न नसकिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी मेघराज उपाध्यायले बताए ।
Facebook Comments Box