धनगढी: दार्चुलामा मट्टीतेल छर्केर आगाे लगाएकी सुनाको देहान्त भएको छ। प्रहरीका अनुसार धनगढी ल्याउने क्रममा शैल्यशिखर नगरपालिका-५ सेतकलाकी करिब ४५ वर्षीया सुना साउँदको देहान्त भएको हो।
गोकुलेश्वर अस्पतालमा सामान्य उपचारपछि सुनालाई थप उपचारका लागि धनगढी ल्याइदै थियो।
तर, बैतडीको पाटन पुग्ने बेला उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। त्यहाँका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहका अनुसार आइतबार बिहान उनले घरमा कोहि नभएको बेला आफ्नै शरीरमा मट्टीतेल छर्केर आत्मदाहको प्रयास गरेकी थिइन्।
घाइते साउँदको शरीरको घुँडाभन्दा माथिल्लो भाग जलेको थियो। आगो लागेको स्थानीयले देखेपछि साउँदलाई उद्धार गरेर गोकुलेश्वर अस्पताल पुर्याएका थिए।
साउँदले शरीरमा किन आगो लगाइन् ? विषय भने खुल्न नसकेको र सोबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
Facebook Comments Box