धनगढी: धनगढीमा चार दल सम्मिलित समाजवादी मोर्चाको प्रदेशस्तरीय सन्देश सभा हुने भएको छ। यहीँ महिनाको १३ गते धनगढीमा प्रदेशस्तरीय सभा हुने भएको हो।
स्रोतका अनुसार सभालाई सम्बोधन गर्न माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव विप्लव र जसपा नेता अशोक श्रेष्ठले आउने तयारी छ।
असार ४ गते गठन भएको मोर्चामा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपा छन्।
Facebook Comments Box