धनगढीः कैलालीको गोदावरी नगरपालिका-८ स्याउलेमा आज दिँउसो २ बजेबाट गौरापर्व विशेष मेला सुरु हुने भएको छ। स्याउलेको विश्वनाथ महादेव मन्दिर परिसरमा आजदेखि १५ गतेसम्म मेला लाग्ने भएको हो।
धर्मेश्वर फाउन्डेसनको आयोजना तथा स्याउले बजार व्यवस्थापन समिति र शिवशक्ति युवा क्लबको सहयोगमा मेला लाग्ने बताइएको छ। स्वर्गीय पिता धर्म सिंह देउवाको स्मृतिमा छोराहरु गणेश देउवा, गोपाल देउवा, मनिस देउवा र विरेन्द्र देउवाले फाउन्डेसनसंग मेलाको लागि सहकार्य गरेका हुन्।
मेलामा विभिन्न ठाँउका चर्चित देउडा कलाकारहरुको उपस्थिति रहने बताइएको छ। दार्चुलाकी गंगा धामी, बझाङका बाल्केश थापा, कैलालीका पदम जोशी र कञ्चनपुरकी पुष्पा जोशीको सहभागिता रहने बताइएको छ।
Facebook Comments Box