काठमाडौँ: हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतिर अवस्थित छ । साथै बंगालको खाडीको उत्तर-पूर्वी भागमा न्यून चापीय प्रणाली विकसित भइरहेको छ ।
देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ। साथै कोशी, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र बाँकी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै, राती कोशी प्रदेशका केही स्थानमा, मधेश, बागमती र गण्डकी प्रदेशको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र देशका बाँकी भू-भागको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
Facebook Comments Box