बैतडी: बैतडीमा पनि नेकपा माओवादी केन्द्रको ‘विशेष रुपान्तरण अभियान’ सुरु भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले भर्चुल माध्यमबाट देशका ७५३ ओटै स्थानीय तहमा अभियानको उद्घाटन गरेसँगै बैतडीमा पनि हिजो (शनिवार)बाट अभियान सुरु भएको हो ।
वडा तहदेखि संगठन सुदृढीकरण र विस्तारका लागि अभियान थालिएको बताइएकोे छ । बैतडीका ८४ ओटै वडामा अभियान सुरु भएको छ । अभियानका लागि बैतडीका १० ओटै पालिकामा इञ्चार्जहरु खटिएका छन् ।
तीन महिनासम्म सञ्चालन हुने अभियानमा पत्रकार, बुद्धिजीवि, सामाजिक अभियन्ताहरुसँग अन्तरक्रिया गर्ने, संघीय सरकारले सुशासनका पक्षमा गरिरहेका कामलाई सफल बनाउनका लागि छलफल गर्ने लगायतका कार्य गरिने माओवादी केन्द्रले जनाएको छ ।
Facebook Comments Box