काठमाडौं: रसुवागढी नाकाबाट अवैध एक किलो सुनसहित प्रहरीले एक महिलालाई नियन्त्रणमा लिएको छ।
केरुङ नाका हुँदा नेपाल भित्र्याइएको सुनसहित रसुवाको गोसाईकुण्ड गाउँपालिका–३ की ४१ वर्षीया पाछेमु तामाङ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।
सीमा नाकाको मितेरी पुलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र रसुवा भन्सार कार्यालयको टोलीले चेकजाँच गर्दा चार वटा टुक्रा पारेर ल्याएको एक किलो सुन बरामद भएको हो।
Facebook Comments Box