काठमाडौंः काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) की पत्नी सविना काफ्लेले एक साताअघि पहिलो सन्तानलाई जन्म दिईन्। सुत्केरी भएपछि सविना अस्पतालबाट डिस्चार्ज भइसकेको र एक नवजात शिशुलाई अस्पतालको एनआईसीयूमा राखिएको स्रोतले जनाएको छ।
शल्यक्रियामार्फत मेडिसिटी अस्पतालमा सविनाले बच्चा जन्माएकी हुन्। सविनाको पेटमा जुम्ल्याहा छोरी थिए। तर, उनीहरुमध्ये एक शिशुलाई बचाउन नसकिएको अस्पताल स्रोतले बताएको छ।
नवजात शिशुको अवस्था अहिले सुधारोन्मुख रहेको बुझिएको छ। हिजो अस्पतालबाट फर्किने क्रममा सविना सवार महानगपालिकाको गाडी कोटेश्वरमा ट्राफिक प्रहरीको चेकिङमा परेको थियो। प्रहरीले बिदाका दिन सरकारी नम्बर प्लेटको गाडी चलाउन आवश्यक अनुमतिपत्र मागेका थिए। तर, ड्राइभरसँग अनुमतिपत्र नरहेको र बालेनकी पत्नी सवार रहेको भनेपछि छोडिदिएको स्रोतको भनाइ छ।
Facebook Comments Box