काठमाडौं: सीमानाकामा सशस्त्र प्रहरीले स्थायी रूपमा सहायता कक्ष सञ्चालनमा ल्याएको छ । सीमा क्षेत्रमा आवातजावत गर्नेहरूलाई सहयोग र सहजीकरणका लागि सहायता कक्ष निर्माण थालिएको सशस्त्र प्रहरीले जनाएको छ।
भारततर्फ ६५ र चीनतर्फका तीन नाकामा गरी ६८ वटा सहायता कक्ष स्थापना गरिएको सशस्त्र प्रहरीका प्रवक्ता एसएसपी राजेन्द्र खड्काले बताए। सीमा क्षेत्रमा जानकारीको अभावले सर्वसाधारण ठगिने र समस्यामा पर्ने भएकाले उनीहरूकै सहयोग र सहजीकरणका लागि सहायता कक्ष सधैँभरि सञ्चालन गर्न थालिएको सशस्त्र प्रहरी बलले जनाएको छ।
महेन्द्रनगर, धनगढी, नेपालगन्ज, भैरहवा र वीरगन्जमा भने छुट्टै कक्ष नै बनाएर यस्तो सेवा थालिएको छ। अन्य स्थानमा अस्थायी प्रकृतिका सहायता कक्ष छन्।
Facebook Comments Box