धनगढी: अछाममा ‘मदिरालयहरु’ (मदिरा व्यापारी) बाट राजस्वका नाममा अन्धाधुन्ध रकम असुली गरेको आरोप लागेका प्रहरी इन्चार्जको सरुवा हुने भएको छ। जिल्लाको चौरपाटी गाउँपालिकामा असुली धन्दा चलाएको आरोप लागेका प्रहरी चौकी सिउँडीका प्रमुख तथा प्रहरी नायब निरीक्षक (सई) लालसिंह बिष्टको सरुवा हुने भएको हो।
केही दिनमै उनको सरुवा गरिने जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख, डिएसपी सन्तोष पाठकले जानकारी दिए।
महेन्द्रनगरपोष्टले भदौ ८ गते मदिरालय र सई विष्टबारे समाचार प्रकाशित गरेपछि बिष्टलाई जिल्ला तानेर अनुसन्धान गरिएको थियो। बिष्टलाई जिल्ला तानेर उनीमाथि लागेको आरोपका सवालमा अनुसन्धान एवं छानबिन गर्नका लागि छानबिन समितिसमेत बनाइएको थियो।
इलाका प्रहरी कार्यालय साँफेबगरका प्रमुख तथा प्रहरी निरीक्षक (इन्सपेक्टर) खगेन्द्र साउदको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरिएको थियो। सो समितिले अनुसन्धान सकेर प्रतिवेदन बुझाएको र सई विष्टले मदिराको रा संकलनमा अनियमितता नगरेपनी प्रक्रिया मिचेको ठहर गरिएको छ।
डिएसपी पाठकले सई विष्टले प्रक्रिया मिचेर राजस्व संकलन गरेको देखिएकाले उनको सरुवा गरिन लागेको बताए। सई बिष्टमाथि मदिरा व्यवसायीबाट बढी रकम असुलेर पालिकालाई कम राजस्व बुझाएको सहित सेटिङ र मिलेमतोमा मदिरा बेचबिखन गराएको आरोप लागेको थियो।
र, यो पनि: