कैलाली : धनगढी उपमहानगरपालिकामाथि मानहानि मुद्दा दायर भएको छ । जिल्ला अदालतको आदेश लत्याएको भन्दै धनगढी उपमहानगरपालिकामाथि मंगलबार दक्षिणकाली हाटबजार सञ्चालनको ठेक्का पाएका ओम पाठकले उपमहानगरपालिकालाई विपक्षी बनाई रिट दायर गरेका हुन् ।
धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाल, प्रमुख प्रशासकिय अधिकृत रामलाल श्रेष्ठ, धनगढी उपमहानगरपालिकालाई विपक्षी बनाई रिट दायर गरिएको जनाइएको छ । रिटमाथि बिहिबार बहस तोकिएको छ ।
जिल्ला अदालत सम्झौता विपरित कुनै काम नगर्न र नगराउन आदेश दिएपनि उपमहानगरपालिकाले वडा नम्बर ४ स्थित दक्षिणकाली हाटबजारमा भदौ ८ गते डोजर चलाएको थियो ।
Facebook Comments Box