बैतडी : बैतडीको दोगडाकेदार गाउँपालिकाले दुई दिन सार्वजनिक बिदा दिएको छ । गौरा पर्वको अवसरमा गाउँपालिकाले भदौ २१ र २२ गते सार्वजनिक बिदा दिएको हो ।
गाउँपालिकाले उक्त दुई दिन आफ्नो कार्यक्षेत्रभित्र रहेको सम्पूर्ण सरकारी तथा सार्वजनिक कार्यालय, संघसंस्था, विद्यालय बन्द हुने जनाएको छ ।
‘भदौ २१ गते बिहीबारका दिनमा अधिकांश दोगडाकेदार गाउँपालिकाबासीहरुले गौरा पर्व मनाउने भएकोले विशेषगरी सुदूरपश्चिममा मनाइने यस पर्वको संरक्षण गर्न संवत् २०८० भदौ २१ र २२ गतेका दिन दोगडाकेदार गाउँपालिका क्षेत्रभित्र सार्वजनिक बिदा दिने गाउँ कार्यपालिकाबाट निर्णय भएको’, जारी सूचनामा उल्लेख छ ।
गौरा पर्व सुदूरपश्चिमेलीहरुको महत्वपूर्ण धार्मिक एवं सांस्कृतिक चाड हो । डोटी, डडेल्धुरा, बैतडी, दार्चुलाका स्थानीयले धुमधामका साथ यो पर्व मनाउने गर्दछन् ।
तर, भोलि २० गते कृष्णजन्माष्टमी र २३ गते शनिबार परेकाले भोलिदेखि उक्त गाउँपालिकामा चार दिन सार्वजनिक बिदा हुने भएको हो ।